५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/coronavirus-2-1.jpg)
काठमाडौै ४ चैत ।पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ३९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार अहिले देशभर ३९९६ जना सक्रिय संक्रमित रहेका छन् भने २९३९० जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन्