Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा बालिकाको मृत्यु

बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ।
सर्लाहीको बसबरिया गापा–४ धनगढामा आज चकलेट टिप्न जाँदा डिजेसहितको रथले किचिएर गोडैता नगरपालिका–१० सिसौटिया निवासी प्रेम पण्डितकी करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बसबरिया गापाको धनगढा निवासी भागिरथ राय कुर्मीको छोरा विकेश राउतको बिहेमा आज साँझ बाँडिएको चकलेट टिप्ने क्रममा बालिकाको रथले किचिएर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

बालिका धनगढास्थित आफ्नो मामा घर आएकी थिइन्। त्यही बेला बिहेमा चकलेट टिप्न जाँदा दुर्घटनामा परेर ज्यान गुमाएकी हुन्। डिजे रथ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com