Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरानमा एउटै चुनाव चिन्हबाट चुनाव लड्ने

२४ चैतकाठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरान उपमहानगरपालिका भित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन् । धरानमा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् ।

‘मेयर र उपमेयरमा आ–आफ्नै चुनाव चिन्हबाट लड्नुहुन्छ, वडामा अध्यक्षदेखि सदस्यहरु जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी छ,’ गठन्धनका एक नेताले भने, ‘माओवादीले टिकट पाएको वडामा गठबन्धनका सदस्यले हसिया हतौडाबाटै उम्मेद्वारी दिन्छन्, काङ्ग्रेसले टिकट पाएको वडामा रुखबाटै वडा अध्यक्ष र सदस्यको उम्मेदवारी दिन्छन् ।’

नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलले गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भए पनि निर्णय भएको छैन ।

कांग्रेस सभापति पोखरेल भने सहमति भइनसकेको बताउँछन् । धरानमा कांग्रेसले मेयरसहित १५ वटा वडामा दाबी गरेको बताउँदै उनले निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।

धरानको मेयरमा गठबन्धन दल नेपाली कांग्रेसबाट तिलक राई, किशोर राई, उमेश थापालगायतको दाबेदारी छ । माओवादी केन्द्रबाट आइन्द्रबिक्रम बेघा, सभाषद किरण राईको दाबी छ ।

नेकपा एमालेबाट उपमेयर मञ्जु भण्डारीसहित आधा दर्जन आकांक्षी छन् । एमाले नेताहरुका अनुसार धरानको मेयरमा मुरारी सुवेदी, बिजय राई, मोतीराज सुनुवार, प्रकाश राई, पूर्व मेयर मनोज मेन्याङ्बोलगायत दाबेदार छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com