Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

संसदको गतिरोध हटाउन शीर्ष नेताहरूको बैठक सुरू

साउन २२ काठमाडौं । सभामुखसहित शीर्ष नेताहरूको बैठक नयाँ बानेश्वरमा सुरू भएको छ। संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको हो।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको छ। उसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग्दै आएको छ।

लामो समयदेखि सदन सञ्चालन हुन नसकेपछि सभामुख घिमिरेले सोमबार पहल थालेका हुन्। यसअघि आजै सिंहदरवारमा बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो। बैठकमा दलहरूको अडानका कारण सहमति हुन सकेको थिएन।

सोही बैठक निरन्तरताका लागि अहिले बानेश्वरमा बसेको हो। बैठकमा सभामुख घिमरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

बैठकमा सहमति जुटेलगत्तै प्रतिनिधिसभा बैठक सुरू गरिने तयार संसद सचिवालयको रहेको छ। यसअघि १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com