Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा सयौँ जनाको मृत्यु

कात्तिक, १४ काठमाडौँ । गुजरातको मोरबीमा हालै मर्मत गरिएको १ सय ४० वर्ष पुरानो मच्छु नदीमा बनेको झोलुङ्गे पुल भत्किँदा कम्तीमा १०० जनाको ज्यान गएको छ।

संरचना पुनर्निर्माण गरि पाँच दिनअघि पुनस् खोलिएको थियो। आइतबार साँझ करिब साढे ६ बजे भएको घटनामा परि पुलमा उभिरहेका मानिसहरू मच्छु नदीमा खसेका थिए।

मोरबी झोलुङ्गे पुल भत्किँदा सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ।

उद्धारकर्मीहरूले माच्छु नदीबाट थप शव निकालेसँगै मृतकको संख्या १३० पुगेको हो।

घटनाको समयमा पुलमा ५०० भन्दा बढी मानिस भएकाले मृतकको संख्या अझै बढ्नसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनामा परि एक सयभन्दा बढी घाइते भएका छन्। अझै केही व्यक्ति बेपत्ता छन्, उनीहरूको खोजी जारी छ।

सडक तथा भवन राज्यमन्त्री जगदीश पञ्चालले बेलायती जमानाको पुल ओभरलोडका कारण भत्किएको बताए।

मणि मन्दिर नजिकैको रहेको मोरबीको पुलमा जान पर्यटकलाई १७ रूपैयाँ भारू र बालबालिकाका लागि १२ रूपैयाँ भारूको टिकट लिनुपर्छ।

पुल मर्मत गरेर सञ्चालनमा आएसँगै ठूलो संख्यामा पर्यटक एक साथ पुगमा गएसँगै दुर्घटना भएको हो।

मोरबी दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूले शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले मोरबीमा भएको त्रासदीबाट आफू दुःखी भएको भन्दै राहत र उद्धार कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट प्रत्येक पीडित परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

यस्तै मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५०(५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।
राष्ट्रपति द्रौपदी मुर्मुले पनि घटनामा परि ज्यान गुमाउनेप्रतिस दुःख व्यक्त गरेकी छन्।

मणि मन्दिर नजिकैको १ दशमलव २५ मिटर चौडा र २ सय ३३ मिटर लामो पुलको झोलुङ्गे संरचना दुई करोड रूपैयाँमा मर्मतसम्भार गर्न ६ महिनादेखि बन्द गरिएको थियो।

३।५ लाखको बजेटमा बनेको उक्त पुलको २० फेब्रुअरी १८७९ मा मुम्बईका तत्कालीन गभर्नर रिचर्ड टेम्पलले उद्घाटन गरेका थिए।

यसैबीच प्रदेश सरकारले पुल भत्किनुको कारण छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com