Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बाँकेको नेपालगञ्जमा आगलागी

असोज,२६काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वीपीचोकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसो सामान जलेको बताउनुभयो । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगो निभाउन झन्डै दुई घण्टा लागेको बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com