Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन् । बुधबार नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सव समारोहमा शर्माले आमसञ्चार क्षेत्रको पुनर्संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक तयार गरिएको बताइन् ।

आमसञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएको मन्त्री शर्माको भनाइ छ ।

‘आमसञ्चार क्षेत्रकै पुनर्संरचना गर्न खोजिरहेका छौँ । आमसञ्चार क्षेत्रको पुनर्संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरेर सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक तयार गरिएको छ,’ उनले भनिन् ।

सरकारी सञ्चारमाध्यमहरू सरकारी सूचना प्रशारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बीचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्यसमक्ष पुर्‍याउने माध्यम भएको शर्माले बताइन् । नेपाल टेलिभिजनसहित सार्वजनिक प्रसारण क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको उनको भनाइ छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधिसभाको विषयगत समितिमा छलफल भइरहेको उनले जानकारी दिइन् ।

मन्त्री शर्माले सूचना प्रविधिको विकास र आमदर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिजिनको पहुँच विस्तार गर्न कठिन रहेको बताइन् । नेपाल टेलिभिजनले डिजिटलाइजेसनलाई अझै बढाउन आवश्यक रहेको उनको भनाइ छ । शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com