Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

रेबिजका कारण एक बालकको मृत्यु

पागुन,४ काठमाडौं । गोरखामा रेबिजका कारण एक बालकको ज्यान गएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ का चार वर्षीय बालकको रेबिजका कारण मृत्यु भएको छ ।

बालकको उपचारका क्रममा गए राति गोरखा अस्पतालमा ज्यान गएको उनको परिवारले बताएको छ। उनलाई पुषमा अजिरकोट गाउँपालिका-४ को बालुवा बजारमा कुकुरले टोकेको थियो ।

स्थानीय मेडिकलमा सामान्य उपचार गरे पनि केहीदिनदेखि उच्च ज्वरो आउन थालेपछि उनलाई उपचारका लागि फागुन १ गते गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पतालले रेबिजको आशङ्कामा थप उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो । काठमाण्डौबाट फिर्ता गरिएका बालकलाई बुधवार गोरखा अस्पतालमै भर्ना गरिएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com