Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मिलानमा चेल्सी हाबी

इङ्ग्लिस क्लब चेल्सीले १० खेलाडीमा सीमित एसी मिलानलाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको छ । मंगलबार भएको खेलमा चेल्सीका पूर्व डिफेन्डर फिकायो टोमोरीले खेलको १८ औँ मिनेटमा नै मेसन माउन्टलाई फल हानेपछि रातो कार्ड पाएका थिए ।

त्यसपछि जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ३४ औँ मिनेटमा पीएरे एमरिक औबामियाङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा चेल्सीले रिस जेम्सलाई घाइते हुँदै गुमाएको थियो ।

चार खेलपछि चेल्सी ७ अङ्कसहित समूह ‘ई’को शीर्ष स्थानमा रहेको छ । डाइनामा जाग्रेबसँग बराबरी खेल्दै आरबी साल्जबर्ग ६ अङ्कसहित दोस्रो स्थानमा खस्केको छ । ४ अङ्क बटुलेको मिलान तेस्रो स्थानमा छ भने जाग्रेबको पनि समान अङ्क रहेको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com