Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

जेठ, १९ काठमाडौ। चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ ।

चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि उनलाई भरतपुर अस्पतालको एनआईसीयूमा राखेर उपचार थालियो ।

मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुको कुराले बालिकाकी आमा कोपिला पुरीको परिवारलाई झस्कायो । चितवनको इच्छाकामना गाउँपालिका घर भएको पुरी परिवारको आर्थिक विपन्नताको चिन्ता त छँदै थियो ।

भरतपुर अस्पतालका चिकित्सकहरुले मुटुको अप्रेशन गर्न सक्ने जनशक्ति र पूर्वाधार नभएको भन्दै चितवन मेडिकल कलेजमा लैजान सुझाए । कलेजका मुटु शल्य चिकित्सक डा. अनिल आचार्य नेतृत्वको टिमले ८ घण्टा लगाएर गत जेठ ६ गते एक किलोको बच्चाको अप्रेशन गरे । अप्रेसन सफल भएपछि एक दिन अस्पतालमा राखेर जेठ ८ गते बच्चालाई पुनः भरतपुर अस्पतालमा पठाइएको आचार्यले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com