Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

भदौ, १६ काठमाडौं । मोरङको विराटनगरमा साइकलबाट लडेर र केराबारीको हुरहुरे खोलामा डुबेर १/१ जनाको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा हिजो राति ८ बजेतिर साइकलबाट लडेर जहदा गाउँपालिका–१ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

घाइते शर्मालाई उपचारका लागि कोसी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। निर्माणाधीन कल्भर्टमा रातको समयमा दुर्घटना भएको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी, केराबारी गाउँपालिका–६ स्थित हुरहुरे खोलामा डुबेर हिजो साँझ सुनसरीको धरान–६ पानमाराका २३ वर्षीय इशानबहादुर कार्कीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

कार्की पौडी खेल्ने क्रममा खोलामा डुबेको र उनलाई साथीहरुले उद्दार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com