नेकपा क्रान्तिकारी माओवादीले चुनाव बहिस्कार गर्ने
७ चैत, काठमाडौं । अधिकांश दल स्थानीय तह निर्वाचनको तयारीमा जुटेका बेला मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भने बहिस्कार गर्ने निर्णय गरेको छ ।
चुनावमा पैसाको खोलो बग्ने र त्यस्तो चुनाव आफूहरुका लागि उपयुक्त नहुने तर्क वैद्यले बैठकमा गरेका थिए । ‘प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै सम्भावना नरहेको’ वैद्यको तर्क रहेको छ ।
चुनाव उपयोग गर्ने वा बहिस्कार गर्ने भन्नबारे व्यापक मन्थन भए पनि समग्र राजनीतिक परिदृश्यको मूल्यांकन गरेर निर्णय लिएको क्रान्तिकारी माओवादीका नेता परि थापाले बताएका छन