Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

भारतले इजरायलबाट पहिलाे चरणमा ल्यायाे २ सय १२ जना नागरिक

भारतले इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन ‘अपरेशन अजय’ शुरु गरेको छ । हमाससँगको युद्धकाबीच इजरायलका विभिन्न सहरमा फसेका भारतीय नागरिकलाई बाहिर निकाल्न भारत सरकारले ‘अपरेशन अजय’ सञ्चालन गरेको हो । पहिलो खेपमा इजरायलमा फसेका २ सय १२ जनालाई विशेष विमानमार्फत् आज बिहान नयाँ दिल्ली ल्याइएको छ ।

पहिलो खेपमा महिला, वृद्धवृद्धा र बालबालिका गरी २ सय १२ जना भारत फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वदेश फर्किएका उनीहरुले खुशी व्यक्त गदै सरकारलाई धन्यवाद दिएका छन् । गएको शनिवार हमासले इजराइलमा आक्रमण शुरु गरेको थियो । त्यसयता निरन्तर आक्रमणका घटना भइरहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com