Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

युक्रेनमा थप द्वन्द्व चर्किने संकेत

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निकाल्नुपर्ने बताएका छन् ।
मस्कोले एकता दिवस मनाइरहँदा पुटिनले युक्रेनको कब्जामा रहेका क्षेत्रका युवा स्वयंसेवकहरूलाई रेड स्क्वायरमा सम्बोधन गर्दै भने, खेरसनमा बस्नेहरूलाई लडाइँको खतरायुक्त क्षेत्रबाट हटाउनुपर्छ । रूसले आणविक हतियारको प्रयोग गर्नसक्ने भन्ने हल्ला चलिरहेका समय रूसको यो भनाइ आएको हो ।

यसैबीच जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेन युद्धमा कुनै पनि आणविक हतियारको प्रयोगको जर्मनी र चीनले विरोध गरेको बताएका छन् । “हामी सबैलाई थाहा छ युक्रेनमा युद्धको बिस्तारले हामी सबैका लागि नकारात्मक परिणाम दिनेछ,” स्कोल्जले पत्रकारहरूसँग भने ।

रणनीतिक आणविक अस्त्रको प्रयोगबाट तनाव बढ्ने सम्भावनालाई विश्व समुदायले स्पष्ट रूपमा रूसलाई बताउनुपर्ने र युद्ध अन्त्यका लागि भूमिका निर्बाह गर्नुपर्ने अति आवश्यक भएको छ । (रासस/एएफपी)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com