Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

चिरिबाबुले भने- पहिलो कार्यकालभन्दा बढी काम गरेर देखाउँछौं

जेठ, १० काठमाडौं ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले पहिलो कार्यकालभन्दा पनि बढी काम गरेर देखाउने बताएका छन्।
आज मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले पहिलो कार्यकालभन्दा बढी काम गरी देखाउने बताएका हुन्।
यसअघिको अनुभवलाई साँचेर काम गर्ने उनले प्रतिक्रिया दिए।

‘हामी नगरबासीको भलाइको निमित्त, नगरको विकासको निमित्त आयौं। तसर्थ हामी यसमा कुनै पनि किसिमको भेदभाव नगरीकन काम गरी देखाउँछौं। गएको कार्यकालमा पनि विभिन्न किसिमका राजनीतिक दलका प्रतिनिधिहरू थिए,’ उनले भने,‘तर पनि हामीले पाँच वर्षको दौरान हामीले तपाईंहरूले सम्झिने किसिमले काम गरेर देखायौं नि। त्यो अनुभवलाई साँचेर पाँच वर्षको दौरानमा हामीले के गर्‍यौं त्योभन्दा पनि अझ बढी काम गरेर देखाउँछौं।’

‘नगरको विकासको सन्दर्भमा हाम्रो बीचमा त्यस्तो किसिमको द्विविधा नरहला। हामी दुई जना पृथक राजनीतिक धरातलबाट आएको भए पनि चुनावमा जितिसकेपछि ललितपुरको महानगरपालिकाबासीको प्रतिनिधि हौं।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com