Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र जितेका केसीलाई माओवादीले गर्‍यो सम्मान

जेठ,१६ काठमाडौं । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए । अध्यक्ष केसी स्वतन्त्रबाट चुनाव जितेपछि माओवादी केन्द्रमा नै फर्किएको संयोजक चौलागाईंले जानकारी दिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com