Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

असार, २५ काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ ठेगाना भई हाल पर्सा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीया चमेली देवी र भारत विहार सितामढी बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् ।

अनुसन्धानको क्रममा उनीहरूले १५ वर्षीया बालिकालाई भोजपुरी मुभीको हिरोइन बनाइदिने प्रलोभन देखाई भारतको बिहार राज्य पूर्वी चम्पारण झिटकैया गाउँमा लगी हाल फरार रहेका एक जना भारतीय नागरिकलाई ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेको र निज फरार व्यक्तिले पीडित बालिकालाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाई शारीरिक र मानसिक यातना दिएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com