नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु

माघ,४ काठमाडौं । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको छ।
बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने संसदीय दलका मुख्य सचेतक रमेश लेखकको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
Facebook Comment