Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

इराकमा रहेको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, केही अमेरिकी सैनिक घाइते

इराकमा रहेको एउटा हवाई शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा केही अमेरिकी सैनिक घाइते भएका छन् । हवाई प्रतिरक्षा प्रणालीले कयौँ ब्यालिस्टिक क्षेप्यास्त्र र रकेटहरू नष्ट गरे पनि केही क्षेप्यास्त्र शिविरमा खस्दा सैनिकहरु घाइते भएका अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गाजा युद्ध शुरु भएयता इराकमा रहेका अमेरिकी फौजमाथि इरानसँग सम्बन्ध भएका लडाकुहरूले आक्रमण गर्ने क्रम बढेको छ । अमेरिकी सेनाको मध्य कमान्डले अमेरिकी फौजहरू बस्दै आएको अल असद हवाई बेसलाई इरान समर्थित लडाकुहरूले आक्रमण गरेको जनाएको छ ।

आक्रमणको जिम्मेवारी आफूलाई इस्लामिक रेजिस्टन्स इन इराक भनेर चिनाउने समूहले लिएको छ । यो समूह गएको वर्ष अस्तित्वमा आएको हो । इजरायल–गाजाको युद्ध प्रभावले मध्यपूर्वमा आक्रमणको दर बढ्दै गएको छ । एजेन्सी    
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com