Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । 

राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो । साथै प्यालेस्टिनीलाई इजरायलले दिएको सामूहिक सजाय र गैरसैनिकलाई तिनीहरूको थातथलोबाट जबरजस्ती गरिएको निष्कासन पनि त्यही वर्गमा पर्ने उहाँको भनाइ छ ।

गाजा स्ट्रिपमा भइरहेको आक्रमणले मानव जीवनमाथि र गैरसैनिकमाथि असह्य क्षति पुर्याएकाे राष्ट्रसङ्घीय अधिकारी ट्युर्कले बताएका बीबीसीले जनाएको छ । युद्धमा संलग्न पक्षहरूले पालना गर्नुपर्ने नियमहरू जेनेभा महासन्धिमा र अन्य अन्तर्राष्ट्रिय कानुन तथा सहमतिहरूमा उल्लेख गरिएका छन् ।

युद्ध अपराधको व्याख्यामा सेनाले जानाजान गैरसैनिकलाई आक्रमण गर्न नपाइने र घाइतेहरूको हेरविचार गर्नुपर्नेसँगै घाइते सैनिकहरूको समेत युद्धबन्दीका रूपमा छुट्टै अधिकारहरू हुनुपर्नेलगायत व्यवस्था छन् । युद्धमा कसैलाई बन्धक बनाउन पाइँदैन र त्यसलाई पनि युद्ध अपराध मानिन्छ ।

नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी न्यायालयको स्थापना युद्ध अपराध र मानवताविरोधी अपराधका घटनाहरूको अनुसन्धान गर्नका लागि गरिएको हो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com