Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

आज कतारका राजा नेपाल आउँदै

बैशाख,११ कामठाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन्। उनी दुईदिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन्। अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्। उनको स्वागतको लागि राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने कार्यक्रम तय भएको छ।

यसैबीच अमिरको भ्रमणका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को बसेको बैठकले अमिर थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

उनको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेशको भ्रमण गरिसकेका छन्। दुई देशको भ्रमण सकेनर नेपाल आउन लागेका अमिर नेपालमा दुई दिन रहने राजदूत अल अन्सारीले बताएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com