Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । बिहान १० बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा सोडारीले विश्वासको मत लिने भएका छन् ।

६ वैशाखमा एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

२१ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले तत्काल मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री सोडारी रोकिएका थिए । अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकार बाहिर बस्ने निर्णय गरिसकेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com