Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

नक्कली नोट बनाउदै गरेका एक युवक पक्राउ

भदौ,१८ काठमाडौं । नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना युवक पक्राउ परेका छन् । नुवाकोट जिल्लाको ककनी गा.वि.स. ५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट हिजो राति नियन्त्रणमा लिएको हो ।

उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com