Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

इजरायलका रक्षामन्त्री गालान्ट बर्खास्त

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योअभ गालान्टलाई बर्खास्त गरेका छन्।
अल जजिराका अनुसार देशको न्यायिक सुधारका योजनाहरुविरुद्ध अभिव्यक्ति दिएको एक दिनपछि प्रधानामन्त्री नेतन्याहुले मन्त्री गालान्टलाई बर्खास्त गरेका हुन्
प्रधानमन्त्री नेतन्याहुको कार्यालयले मन्त्री गालान्टलाई बर्खास्त गरिएको पुष्टि गरेको छ। गालान्ट नेतन्याहु नेतृत्वको लिकुड पार्टीका वरिष्ठ सदस्यसमेत हुन्।

गालान्टलाई बर्खास्त गरेपछि ट्वीट गर्दै प्रधानमन्त्री नेतन्याहुले इजरायलको सुरक्षा आफ्नो जीवनको महत्वपूर्णं मिसन रहेको बताए। नेतान्याहुको यस कदमविरुद्ध नागरिकहरू सडकमा उत्रिएका छन्।

आइतबार प्रधानमन्त्री नेतन्याहुको आवास वरपर ठूलो संख्यामा मानिसहरू उपस्थित भएर उनको कदमप्रति विरोध जनाएका थिए। प्रहरीले भिडलाई नियन्त्रण गर्न पानीका फोहोरा प्रहार गरेको थियो।

नेतान्याहुको सरकारले ल्याएको विधेयक पास भए न्यायाधीश नियुक्ति गर्ने सम्पूर्ण अधिकार सरकारले पाउनेछ।
उक्त विधेयकको विरोधीहरुले यसबाट न्यायिक स्वतन्त्रतामा अंकुश लाग्ने र भ्रष्टाचार बढ्ने तर्क गरेका छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com