Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

नेपाल–भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

साउन,७ काठमाण्डौ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।
गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।

महिलालाई दुई राउन्ड गोली हानी उनीहरु भारततर्फ नै भागेका छन् । गोली लागेर ज्यान गुमाएकी महिलाको पहिचान नखुलेको धनुषाका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले बताउनुभयो । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको प्रवक्ता गौतमले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com