Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

जसपाको बन्द सत्र सुरु

जेठ, २९ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो जसपाको बन्द सत्र सुरु भएको हो ।

बन्द सत्रमा राजनीतिक प्रस्तावको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् । त्यसपछि विभिन्न समूह उक्त प्रस्तावबारे छलफल चलाइने जसपा प्रवक्ता मनिष सुमनले जानकारि दिए ।

उनका अनुसार अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल सकेपछि लेखापरीक्षणको प्रस्ताव पेस गरिनेछ । लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले उक्त प्रस्ताव पेस गर्ने प्रवक्ता सुमनले जानकारि दिए ।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता मा बन्द सत्र सुरु भएको छ । पार्टी विधान अनुसार अध्यक्ष मण्डल गठन गरेर बन्द सत्र सुरु गर्नुपर्ने भएको हुनाले प्रतिनिधिहरूले ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेका थिए । ५ सदस्यीय अध्यक्ष मण्डलमा लालबाबु राउत , मृगेन्द्रा सिह, लिला सिटौला , रकम चेम्जोङ छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com