Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

एमसीसी पारित गर्ने तयारी

सरकारले आजै प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्ने तयारी गरेको छ।
अहिले प्रतिनिधि सभा बैठक चलिरहेको छ। बैठकमा एमसिसी सम्झौताबारे सामान्य छलफल भइरहेको छ।

अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि छलफल गर्न प्रस्ताव गरेका थिए।अहिलेसम्म माओवादी केन्द्रका देव गुरूङ, नेकपा एमालेका भीम रावल, एकीकृत समाजवादीका झलनाथ खनाल, जनता लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत सांसदहरूले छलफलमा सहभागी भएका छन्।

सांसदहरूले उठाएका प्रश्नहरूबारे केहीबेरमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने छन्।
त्यसपछि प्रतिनिधि सभाको यो बैठक सकिनेछ। सभामुख अग्नी सापकोटाले आजै अर्को बैठक डाक्नेछन्।
उक्त बैठकले एमसिसी सम्झौतामा व्याख्यात्मक टिप्पणी गर्ने निर्णय गर्नेछ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा मन्त्रिपरिषद्को उक्त निर्णय प्रस्तुत गरिनेछ।
त्यसपछि एमसिसी सम्झौतामा दफावार छलफल हुने र मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी भइरहेको संसद सचिवालयले स्रोतले जानकारी दिएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com