Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

राप्रपाबाट ३१ वर्षपछि बाहिरिए थापा

राप्रपाबाट ३१ वर्षपछि बाहिरिए थापा
पूर्वउपप्रधानमन्त्री कमल थापाले ३१ वर्ष उतारचढाव भोगेको राष्टिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन्। निवर्तमान अध्यक्ष थापाले मंगलबार पत्रकार सम्मेलन गरी आफु अलग भएको घोषण गरेका हुन । यससँगै नयाँ दल गठनतर्फ लागेको निकटस्था नेता राजाराम बर्ताैलाले बतए नयाँ पार्टी नै हुन्छ । कस्तो के भन्ने बारमा सल्लाह हुदै छ । उनले भने । थापाले अत्यन्त भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताए । पार्टीभित्र देखापर्न थालेका सैदान्तिक विचनलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाकी क्रियाशील राजनितिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमै रमाउने उत्कृष्ट चाहाना भए पनि आप्नो कुराको सुनुवाइ नहुने ा भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ,उनले पे्रस विज्ञाप्तिमा लेखेका छन्। ६६ वर्षीय थापाले कार्यकर्ता तथा शुभेच्छुकसँग अन्तक्रिया गर्र्दै स्वेच्छाले दल रोज्न आग्रह गरे । म कसैलाइ मेरो पछि लाग्नु भन्दिनँ मेरो विश्वास लाग्छ भने आउनुहोस् उनले भने नत्र राप्रापामै रहदा पनि तपाइहरु प्रति मेरो उत्तिकै सम्मान रहनेछ । मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै उनी असन्तुष्ट रहदै आएका थिय । थापाले पार्र्टीमा पुर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षपका कारण आफु पराजित भएको देहोरय ।

उनले अब सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँडन नसकिने बतए । राप्रपा अब निर्मल निवसको रिमोर्ट कन्टोलबाट चल्ने शत्तिm भएको छ। हामी अब नविन विचारलाई बोक्छै , उनले भने २०६३ सालबाट निर्मल निवासले पाटीमा हस्तक्षप सरु गरेको हो ।२०७४ मा राप्रपालाई तीन टुक्रा पार्दा पनि मैले सहेर बसे यसपटक निर्मल निवासबाट नियोजित रुपमा मेरो पक्षमा हलिएको चर सय मत बदर गर्न लगाएको ठुलो अपमान गर्दा दुःख लागेको छ । थापा राप्रपाबाट ९ पटक समीकरण सहभागि भए । उनी पहिलो पटक २०५२ देखि २९ फागुन २०५३ सालसम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानिय विकासमन्त्री भएका थिय । २८ असोज २०७४ मा उपप्रधानपन्त्री भएका थिय ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com