Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अमेरिकी सभामुख पेलोसी र ताइवानी राष्ट्रपति साइ यिङ वेनबीच भेटवार्ता

चीनको कडा विरोध चेतावनीबीच ताइवान पुगेकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी छन्।
राष्ट्रपति साइ यिङ वेनसँगको भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै प्रशंशा गरेकी छन्।
भेटका क्रममा पेलोसीले आशा, साहस र दृढ संकल्पले चुनौतीको बाबजुद पनि शान्तिपूर्ण र समृद्ध भविष्य निर्माण गर्न सक्छ भन्ने सन्देश ताइवानले विश्वलाई दिएको बताइन्।

पेलोसीले विश्वले अहिले लोकतन्त्र र निरंकुशता बीचको छनोटको सामना गरिरहेको बताउँदै अब ताइवानप्रति अमेरिकाको ऐक्यबद्धता पहिले भन्दा अझ बढ्ने र महत्वपूर्ण हुने बताइन्।

भेटका क्रममा राष्ट्रपति इङ–वेनले ताइवानप्रति अटल समर्थन जनाएकोमा पोलोसीलाई धन्यवाद दिइन्।
ताइवानकी राष्ट्रपति वेनले रूसले हालै युक्रेनमा गरेको आक्रमण उल्लेख गर्दै यसले ताइवानको सुरक्षा अवस्थाप्रति विश्वको ध्यानाकर्षण गराएको बताइन्। उनले ताइवानले अब चीनसामू नझुक्ने स्पष्ट संकेत पनि दिएकी छन्।

ताइवानी राष्ट्रपतिले ताइवानमा लोकतन्त्र विरूद्धको आक्रमणले सम्पूर्ण इन्डो-प्यासिफिक क्षेत्रलाई असर गर्ने भन्दै ताइवान पछि नहट्ने बताइन्। ‘हामी दृढताका साथ हाम्रो राष्ट्रिय सार्वभौमसत्ता कायम गर्नेछौं,’ उनले अमेरिकी सभामुखसँग भनिन्।
राष्ट्रपति भवनमा भएको दुई नेताबीच भएको भेटवार्ता स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण भएको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com