Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

रानीको जस्तै लुगा लगाएर मजाक उडाएको भन्दै थाइल्याण्डकी अभियन्तालाई दुई वर्ष जेल

सडक प्रदर्शनका क्रममा रानीको मजाक उडाएको भन्दै थाइल्याण्डको अदालतले एक अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ।
रानीको जस्तै पहिरनमा प्रदर्शनमा उत्रिएर मजाक उडाएको भन्दै २५ वर्षीया अभियन्ता सी याङलाई सोमबार दुई वर्ष कैदको फैसला सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। सन् २०२० को प्रदर्शनमा नियतवश नै याङले रानीको मजाक उडाएको पुष्टि भएको अदालतको फैसलामा भनिएको छ।

शाही परिवारका सदस्यको मजाक उडाएको पुष्टि भए थाइल्याण्डमा १५ वर्षसम्म जेल सजाय हुनसक्ने कानुन छ। थाइल्याण्डमा दुई वर्षयता २ सय १० जना राजनीतिक अधिकारकर्मीहरू शाही परिवारको मजाक उडाएको कसुरमा जेल चलान भएका छन्।

दुई वर्षअघिको सडक प्रदर्शनका याङ गुलाबी सिल्क पहिरनमा सजिएकी थिइन्। उनलाई एक पुरूषले छाता ओढाएका थिए। उनी रेड कार्पेटमा हिँड्दा अरू प्रदर्शनकारी उनको दर्शनका लागि भुइँमा बसेको देखिन्थ्यो।

सामान्यत: थाइल्याण्डकी रानी त्यस्तो पहिरनमा बाहिर जाने र उनको सम्मानमा अरू भुइँमा बस्ने भएकाले यो दृश्यले नियतवश नै रानीको मजाक उडाएको अदालतको ठहर छ।

याङले भने आफू थाइल्याण्डको सांस्कृतिक पहिरनमा सजिएको र रानीको मजाक उडाउने आफ्नो नियत नभएको उनले बयान दिएकी थिइन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com