Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रामचन्द्र पौडेलले ग्रहण गरे निर्वाचित भएको प्रमाणपत्र

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । निर्वाचन आयोगले बिहीबार भएको चुनावको औपचारिक मतपरिणाम घोषणा गरेको हो । संसद भवनको ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आयोगले मतपरिणाम घोषणा गरेको हो ।

बिहीबार भएको चुनावबाट रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले एमालेका सुवास नेम्वाङलाई पराजित गरे । राष्ट्रपतिमा निर्वाचित पौडेललाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले प्रमाणपत्र वितरण गरे ।

अब नवनिर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही २९ फागुनमा सकिँदैछ । शिलापत्र बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com