Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पूजा हेगडेले मुम्बईमा किनिन् ४५ करोडको घर

sharethis sharing button

मुम्बई । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारुको घर किनेकी छिन् । ईटाइम्सको एउटा रिपोर्टका अनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा समुद्रतिर मोहडा फर्किएको एउटा बंंगला किनेकी हुन् । 

यो बंगलामा ४ हजार स्क्वायर फिटको लिभिङ स्पेस भएको बताइएको छ । अभिनेत्री तर्फबाट भने यो खबरको आधिकारिक पुष्टि भएको छैन ।

पूजा अहिले बान्द्रामै थ्रीबीएचके अपार्टमेन्टमा बस्दै आएकी थिइन् । यसको मूल्य ६ देखि ८ करोड भारु रहेको बताइएको छ । यो फ्ल्याट बाहेक पूजासँग पोर्श केयेन जस्ता लक्जरी कार पनि छ । यो कारको मूल्य करिब २ करोड भारु रहेको छ । यस बाहेक अभिनेत्रीसँग ८० लाख भारुको आउडी क्यू७ र ६० लाख भारुको ज्यागुआर छ । मिडिया रिपोर्टका अनुसार अभिनेत्रीको नेटवर्थ झन्डै ५१ करोड भारु रहेको छ ।

‘मोहेन्जो दारो’बाट बलिउड डेब्यु

पूजाको आगामी फिल्म देवा हो । यसमा उनी शाहिद कपूरको अपोजिटमा देखिँदैछिन् । पूजाले सन् २०१६ मा रिलिज भएको फिल्म ‘मोहेन्जो दारो’बाट ऋतिक रोशनको साथमा बलिउडमा डेब्यु गरेकी थिइन् । 

यसअघि उनले तीन साउथ फिल्ममा काम गरेकी थिइन् । पूजाले ‘हाउसफुल ४’, ‘राधे श्याम’, ‘सर्कस’ र ‘किसी का भाइ किसीकी जान’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com