Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

नेपाल र भारतका खेलकुद मन्त्रीबीच भेटवार्ता

माघ,२३ काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले भारतका सूचना तथा प्रशारण एवं युवा तथा खेलकुदमन्त्री अनुराग ठाकुरसँग भेटवार्ता गरेका छन्।दिल्लीस्थित ठाकुरको कार्यालयमा भएको भेटमा बिमस्टेक अक्वाटिक च्याम्पियनसिप (प्रतियोगिता) २०२४ बारे छलफल भएको छ।

प्रतियोगिता भोली देखि नयाँ दिल्लीमा हुँदैछ। प्रतियोगिता शुभारम्भ भएको घोषणा भने आज नै भएको छ। भारतीय खेलकुदमन्त्री ठाकुरले प्रतियोगिता शुरुवात भएको घोषणा गरेका हुन्।

‘हामीले दुई देशका खेलकुद, युवा शक्तिहरुबीच साझेदारीहरुका अबसर खोजी गर्ने, क्षेत्रीय एकता र सहकार्य सुदृढ र प्रबद्र्धन गर्नेबिषयमा छलफल गरेका छौं,’ भारतीय खेलकुद मन्त्री ठाकुरले ट्विटरमा भनेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com