Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काठमाडौंको बागबजारमा धारा र ट्युवबेलको पानीमा हैजा संक्रमण

असार, ८ काठमाडौं । काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । केही दिन अघि एकै परिवारका दुई दिदीबहिनीमा देखिएको हैजा धारा र ट्युवबेलको पानीबाट संक्रमण भएको पुष्टि भएको हो ।

उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नमुना परीक्षण गर्दा उनीहरुले पिउने पानीको इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको महाशाखाका निर्देशक डा। चुम्मनलाल दासले जानकारी दिए ।

उनका अनुसार इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । हैजा देखिएका अन्य क्षेत्रको पानीको पनि नमुना परीक्षण भइरहेको उनले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com