Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी, बेइजिङमा भारी हिमपात

चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ । चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम भोलि ६ देखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको हो ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा एकैचोटी तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने बताएका एएफपीले जनाएको छ ।

केन्द्रले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, नागरिकलाई न्यानोमा बस्न सल्लाह दिएको र बाली तथा जलीय उत्पादनका सुरक्षाका लागि आवश्यक उपाय अपनाउन आग्रह गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ ।

राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् ।   एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com