जापानमा चारैतीर राष्ट्रिय फूल साकुरा ढकमक्क

काठमाडौं १९ चैत । यतिबेला जापान चारैतीर राष्ट्रिय फूल साकुरा ढकमक्क फूलेसंगै दुलही झैं सिंगारिएको छ। फूल हेर्ने पर्वको रूपमा निकै चर्चित मानिने यो मौसममा राष्ट्रिय फूल साकुराको सुन्दरतामा रम्दै मीठामीठा परिकार खाँदै एक अर्काको दुःखसुख बाँड्दै मनाइने गरिन्छ।

पछिल्लो केही समय यता जापानमा नेपालीहरूको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएसंगै साकुराको सुन्दरतामा रम्ने नेपालीहरूको संख्यामा पनि वृद्धि भएको हो।
Facebook Comment