Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

दूध लिटरमै १६ रुपैयाँले बढ्यो

चैत्र, २ काठमाडौं । आजदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ। संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको हो।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध बजारमा पठाइएको बताए ।महाप्रवन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको रआजदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने बताए ।

दूधको मूल्य १६ रूपैयाँसम्म बढेको छ।
संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ।

त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com