Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

लमजुङमा नगदसहित ३८ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति जिल्लाका दुई ठाउँबाट दुई लाख ८१ हजार एक सय २५ रूपैयाँ र ३२ थान कौडासहित ३८ जना जुवाडेलाई पक्राउ गरेको हो ।

प्रहरीले बेंसीशहर नगरपालिका–११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा बाजी राखी जुवा(कौडा) खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चीस रुपैयाँ र १६ थान कौडा पक्राउ गरेको प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए ।

पक्राउ पर्ने सबै बेसीशहर नगरपालिका–११ का छन् । यस्तै, प्रहरीले सुन्दरबजार नगरपालिका९१ कुन्छाका रामबहादुर दुराले जुवा (कौडा) खेलाउँदै गरेको अबस्थामा रामबहादुर दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको डीएसपी श्रीमलले बताए । पक्राउ परेका १२ जना सुन्दरबजार नगरपालिकाका रहेका छन् भने एक जना तनहुँका छन् । –न्युज कारखाना

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com