Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ग्रिसमा रेल ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु, दर्जनौं घाइते

ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। तीव्र गतिमा रहेका दुबै रेलले एक-अर्काबारे जानकारी नपाएको हुनसक्ने बताइएको छ।

रेल ठोक्किएपछि यात्रुवाहक रेलका चार डिब्बामा आगो लागेको थियो। धेरै यात्रुहरू जलेका थिए। दुर्घटनामा परी ८५ यात्रु घाइते भएका छन्।
यात्रुवाहक रेलमा ३५० यात्रु थिए। अरू यात्रुको उद्धार गरिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com