Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

एक खेल पनि नहारी विश्वकप जित्ने तीन राष्ट्र

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा हालसम्म तीनवटा राष्ट्रले मात्र एक खेल पनि नहारी उपाधि जित्ने कीर्तिमान बनाएका छन् । हालसम्म वेस्ट इन्डिजले दुई, अस्ट्रेलियाले दुई र श्रीलंकाले एकपटक अपराजित रहँदै विश्वकपको उपाधि चुमेका छन् ।

आफूले खेलेका सबै खेल जितेर विश्वकपको उपाधि चुम्ने राष्ट्र भने वेस्ट इन्डिज र अस्ट्रेलियामात्र हुन् । वेस्ट इन्डिजले सन् १९७५ मा अपराजित रहँदै एकदिवसीय विश्वकप जितेको थियो । त्यतिबेला वेस्ट इन्डिजले समूहगत चरणको तीनवटै खेल जितेको थियो ।

त्यतिबेला पनि वेस्ट इन्डिजले समूहगत चरणको दुईवटा खेल जितेको थियो भने एउटा खेल अनिणर्ित रुपमा टुंगिएको थियो । वेस्ट इन्डिजले सेमिफाइनलमा पाकिस्तानलाई र फाइनलमा इङ्ल्यान्डलाई हराएको थियो ।

अस्ट्रेलियाले हालसम्म पाँचपटक एकदिवसीय विश्वकपको उपाधि उचालिसकेको छ । त्यसमध्ये दुईपटक अस्ट्रेलियाले एक खेल पनि नहारी उपाधि कुम्ल्याएको थियो । अस्ट्रेलियाले सन् २००३ र सन् २००७ मा अपराजित रहँदै विश्वकप जितेको थियो । 

सन् २००३ मा अस्ट्रेलियाले समूहगत चरणको ६ वटै खेल जितेको थियो । त्यसपछि ‘सुपर सिक्स’ चरणमा पनि अस्ट्रेलियाले पाँचवटै खेल जितेको थियो । त्यसपछि अस्ट्रेलियाले सेमिफाइनलमा श्रीलंकालाई र फाइनलमा भारतलाई हराएको थियो ।

अस्ट्रेलिया छैटौँ र भारत तेस्रो उपाधिको खोजीमा, कसको पल्ला भारी ?

सन् २००७ मा पनि अस्ट्रेलियाले अपराजित रहँदै विश्वकपको उपाधि चुमेको थियो । त्यतिबेला अस्ट्रेलियाले समूहगत चरणको तीनवटै खेल जितेको थियो । ‘सुपर एट’ चरणमा पनि आफूले खेलेको सातवटै खेलमा अस्ट्रेलिया विजयी भएको थियो । त्यसपछि अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई र फाइनलमा श्रीलंकालाई हराएको थियो । 

यसैगरी श्रीलंकाले सन् १९९६ मा अपराजित रहँदै विश्वकपको उपाधि चुमेको थियो । त्यतिबेला श्रीलंकाले समूहगत चरणमा पाँचवटै खेल जितेको थियो । तर, त्यतिबेला सुरक्षाको कारण देखाउँदै अस्ट्रेलिया र वेस्ट इन्डिजले श्रीलंकामा खेल्न अस्वीकार गरेका थिए । 

त्यसैले यी दुबै राष्ट्रबाट श्रीलंकाले ‘वाक ओभर’ पाएको थियो । त्यसपछि श्रीलंकाले क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराएको थियो । श्रीलंकाले त्यो विश्वकपको सेमिफाइनलमा भारतलाई र फाइनलमा अस्ट्रेलियालाई पराजित गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com