Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

पूर्व सांसद विष्णुराज आचार्यको निधन

काठमाडौँ १० वैशाख । कांग्रेस नेता तथा पूर्व सांसद विष्णुराज आचार्यको ७४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आज उनको निधन भएको हो । आचार्य २०४८ र ०५१ मा भएको प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

०५३ मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता हुँदा उनी सचिव थिए । प्रतिबन्धित कालमा कांग्रेस जिल्ला समिति सदस्य रहेका थिए ।
खुट्टा भाँच्चिएर शल्यक्रिया गरेपछि उनी थलिएको कपिलवस्तु कांग्रेस सभापति अब्दुल कलाम खाँले बताए । बुद्धभूमि नगरपालिका–९ स्थायी घर भएका आचार्यका ३ छोरी र श्रीमती छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com