Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने, रुसले भन्यो– नेटो युद्धमा तानिनेछ

अमेरिकाले ३८ औंपटक युक्रेनलाई रुसविरुद्धको युद्धमा हतियारहरू सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार ३७५ मिलियन अमेरिकी डलरको पछिल्लो हतियार सहयोगमा युक्रेनलाई अत्याधुनिक एफ–१६ लडाकु विमान, हिमार्स रकेट प्रणालीहरू सहयोग गरिनेछ ।

वासिङ्टनले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने पक्का भएपछि रुसले यस कार्यले उत्तर एट्लान्टिक सन्धि संगठन नेटो युद्धमा तानिनसक्ने जोखिम बढेको प्रतिक्रिया जनाएको छ ।

‘युक्रेनमा एफ–१६ सञ्चालनका लागि पूर्वाधार छैन, यो विमान चलाउन पाइलट र प्राविधिकको खाँचो हुनेछ ।’ अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभ यस विषयमा भन्छन्, ‘युक्रेनमा पूर्वाधार र जनशक्ति नभएको खण्डमा यदी अमेरिकी सेनाले नेटोको हवाईबेसबाट विमान उडाए के हुन्छ ?’ 

रुसी सैन्य विज्ञहरूका अनुसार अमेरिकाले बनाएको एफ–१६ विमानले युक्रेनलाई रुसी हवाई सेनाविरुद्ध हाबी हुन मद्दत त पुग्नेछ तर त्यसमा शक्तिशाली क्षेप्यास्त्र र आक्रमणको जानकारी पनि समावेश हुनुपर्नेछ । यस्तोमा पश्चिमा राष्ट्रले युक्रेनलाई सहयोग पुर्‍याउँदा युद्धले नयाँ मोड लिनसक्छ ।

उता अमेरिकाले भने युक्रेनका सेनालाई याे विमान चलाउनेबारे प्रशिक्षण दिने बताइसकेको अवस्था छ । अल जजिरा

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com