Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

मंसिर,२४ काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । महाराजगञ्जको बाँसबारीमा रहेको शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएका मन्त्री श्रेष्ठ स्वास्थ्य लाभपछि आज डिस्चार्ज हुनुभएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

यही मङ्सिर १९ गते केन्द्रमा भर्ना हुनुभएका उहाँको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा. अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com