Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

इजरायल–गाजा युद्धको ६ महिना पूरा : गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै हजारौं इजरायलीको प्रदर्शन

गाजासँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ

प्रदर्शनकारीले तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न माग गरेका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरालमा आक्रमण गर्दा दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । उनीहरुमध्ये एक सय २४ जना रिहा भएका छन् ।

बाँकी एक सय २९ जनामध्ये इजरायली सेनाले अहिलेसम्म १४ जनाको शव फेला पारेको छ । छ महिना पूरा भएको युद्धमा इजरायली सेनाको आक्रमणबाट गाजामा ३३ हजार एकसय जनाभन्दा धेरैको ज्यान गएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविरामपछि पुनः शुरु भएको वार्तामा कुनै प्रगति भएको छैन ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com