Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सुर्खेतमा गोली चलाएको आरोपमा ४ जना पक्राउ

फागुन,सुर्खेतमा हिजो राति गोली चलेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। हिजो बेलुका वीरेन्द्रनगर नगरपालिका– १, देउतीथाननजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो।

यद्यपि, गोली गिरी चढेको गाडीमा लागेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com