Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

४ जनामा कोरोना संक्रमण देखिएपछि चीनको वुहानमा फेरि लकडाउन

चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ।
वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।

पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ। यसबाट चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा उल्लेखनीय रूपमा कमी भएको छ।

१२ लाख जनसंख्या रहेको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण भइरहेको छ।
दुई दिनअघि दुई जनामा संक्रमण पुष्टि भएको वुहानमा त्यसपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जाँदा थप दुई जनामा संक्रमण देखिएको हो।

त्यसको केही समयपछि शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरियो। सार्वजनिक यातायात बन्द भए, शहरलाई उच्च जोखिमको वर्गीकरणमा राख्दै स्थानीय सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ।

यो सँगै सबै मनोरञ्जन स्थलहरू- बार, सिनेमाघरहरू र इन्टरनेट क्याफेहरू सहित – साना क्लिनिकहरू र कृषि उत्पादन बजारहरू बन्द भएका छन्।

रेस्टुरेन्ट र ठूला जमघटहरू, प्रदर्शनदेखि सभा सम्मेलन सबैमा प्रतिवन्ध लगाइएको छ। यस्तै सबै धार्मिक गतिविधि हुने स्थानहरू, शिक्षण संस्था लगायत सबै क्षेत्रमा तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ।
वुहान कोरोनाभाइरस संक्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ संक्रमित देखिएका थिएनन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com