Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा

६ वैशाख, काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार मधेस प्रदेशमा २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा गर्ने जनसंख्या ३४ लाख १२ हजार ८६९ पुग्नेछ ।

यीमध्ये १७ लाख ४ हजार ८९८ पुरुष र १७ लाख ७ हजार ९४२ महिला छन् । त्यस्तै, बागमती प्रदेशमा २९ अन्य लिङ्गका मतदाता छन् । बागमती प्रदेशमा १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र रहनेछन् ।

यो निर्वाचनमा सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता रहेका छन् । यीमध्ये ५ लाख ६ हजार १८० पुरुष, ४ लाख ९५ हजार ९९ महिला र ३ जना अन्य रहेका छन् । कर्णालीमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र रहने छन् ।
आयोगका अनुसार स्थानीय निर्वाचनमा यसपटक मधेसमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र रहनेछन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com