Yeti Khabar

२०७९ आश्विन १२, बुधबार - Wed Sep, 2022 -

असार १ गतेदेखि बिदाको समय पुरानै कायम रहने

जेठ, ३० । असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।

मन्त्रालयका अनुसार जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको हो । सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय
बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com