Yeti Khabar

२०८१ पुष २९, सोमबार - Mon Jan, 2025 -

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव दर्ता

दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध फेरि महाअभियोग प्रस्ताव अघि बढेको छ । अघिल्लो हप्ता भएको मतदानमा महाअभियोगबाट जोगिएपछि विपक्षी दलहरुले फेरि संसदमा महाअभियोग प्रस्ताव अघि बढाएका बीबीसीले जनाएको छ ।

प्रस्तावमा भोलि मतदान हुनेछ । यसपटक भने दक्षिण कोरियाको सत्तारूढ दलले पनि राष्ट्रपति योललाई महाअभियोग लगाउने प्रस्तावको समर्थन गर्ने भएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

अघिल्लो हप्ता महाअभियोगको प्रस्तावमा मतदान हुनुअघि राष्ट्रपतिले मार्सल कानून लागू गरेकोमा माफी मागेपछि सत्तारुढ पीपीपीका सांसदहरू मतदानमा उपस्थित भएनन् । तर राष्ट्रपतिले राजिनामा नदिइ अन्तिमसम्म लड्ने बताएपछि यस पटक सत्तारुढ पीपीपीका सांसदहरुले पनि महाअभियोगको प्रस्तावमा मतदान गर्ने भएका हुन् ।

हिजो टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति योलले सैनिक शासन लगाउने आफ्नो निर्णय न्यायोचित भएको र राष्ट्रपति पदबाट राजीनामा नदिने बताउनुभएको थियो । महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ । तीन सय सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पीपीपी) का एक सय आठ सांसद छन् । विपक्षीका एक सय ९० सांसद छन् ।   एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com