Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अदानीबारे हिन्डनबर्गको रिपोर्टको असर : सेयर लगानीकर्ताको १०.७३ लाख करोड भारु डुब्यो

नयाँ दिल्ली । पछिल्ला दुई व्यापार सत्रमा भारतीय शेयर बजारमा लगानीकर्ताको १०.७३ लाख करोड भारतीय रुपैयाँ डुबेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुई सत्रहरूमा बीएसई सेन्सेक्स १६४७.८५ अंकले घटेको हो ।

शुक्रबार (आज) मात्रै यो ८७४.१६ अंकले घटेको छ । सेयर बजार ५९३३० दशमलव ९० अंकमा बन्द भयो । बुधबार यो ७७३.६९ अंकले घटेको थियो ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार भने सेयर बजार बन्द रह्यो । अदानी समूहको शेयरमा लगातार दोस्रो कारोबार सत्रमा पनि गिरावट आएको छ। यो गिरावट करिब २० प्रतिशत थियो ।

अदानी समूहको शेयर ठूलो मात्रामा बिक्री भएको थियो। अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदनपछि अदानी समूहको शेयर बेच्ने क्रम सुरु भएको छ ।

जियोजित फाइनान्सियल सर्भिसका अनुसन्धान प्रमुख विनोद नायरले समाचार एजेन्सी पीटीआईलाई भने कि अडानी समूहको शेयरमा आएको गिरावटले बैंकिङ क्षेत्रको शेयरमा पनि असर परेको छ। –बीबीसी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com